नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।लघुवित्तको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदनपछि सेयरधनीहरूलाई वितरण गरिनेछ। यसअघि गत वर्ष लघुवित्तले लाभांश प्रस्ताव पेश गरेको थिएन ।















प्रतिकृया