अस्कर अवार्ड ७० भन्दा बढी फिल्म महोत्सवमा प्रदर्शन भएको नेपाली फिल्म ‘सेतो सूर्य’ युट्युबमा आउँदै
निर्देशक दिपक रौनियारको फिल्म ‘सेतो सूर्य’ अब युट्युबमा सार्वजनिक हुने भएको छ। फेसबुकमार्फत निर्देशक रौनियारले यो जानकारी दिएका छन्।
‘सेतो सूर्य’ सन् २०१६ मा पहिलोपटक हलमा प्रदर्शनमा आएको थियो र त्यस वर्षको अस्कर अवार्डका लागि विदेशी भाषातर्फ उत्कृष्ट फिल्मको श्रेणीमा छनोट पनि भएको थियो। तर, त्यो उपाधि प्राप्त गर्न नसकेको फिल्म भने उत्कृष्टता का रूपमा चर्चित भएको थियो।
८८ मिनेट लामो यो फिल्मले ७० भन्दा बढी फिल्म महोत्सवमा प्रदर्शन गरेको छ। अस्कर अवार्डबाट बाहिरिएपछि, यस फिल्मलाई सन् २०१७ मा पुन: हलमा प्रदर्शनमा ल्याइएको थियो।
‘सेतो सूर्य’ माओवादी सशस्त्र जनयुद्धको समयपछिको कथालाई प्रस्तुत गर्ने सामाजिक ड्रामा हो, जसमा दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ, आशा मगराती, अमृत परियार, सुमी मल्ल लगायतका कलाकारहरूको अभिनय रहेको छ।