प्रतिनिधिसभाको विघटन पूर्णरूपमा असंवैधानिक भन्दै कांग्रेसले निकाल्यो ६ बुँदे वक्तव्य

प्रतिनिधिसभाको विघटन पूर्णरूपमा असंवैधानिक भन्दै कांग्रेसले निकाल्यो ६ बुँदे वक्तव्य

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनलाई पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक ठहर गरेको छ। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आइतबार पार्टीको तर्फबाट ६ बुँदे धारणा सार्वजनिक गर्दै भनेका छन् कि संविधान बमोजिम जनताबाट निर्वाचित प्रतिनिधि सभा विघटनको निर्णयले देशको संविधान, नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी राज्य निर्माण गर्ने संविधानको भावना कुठाराघात भएको छ।

उपसभापति खड्काले यो निर्णय सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसलासँग विपरीत भएको र यसले लोकतन्त्र र संविधानलाई कमजोर पार्ने उल्लेख पनि गरेका छन्। यसअघि शुक्रबारको कार्यसम्पादन समिति बैठकमा कांग्रेसले प्रतिनिधि सभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक ठहर गरेको थियो।

त्यस्तै, खड्काले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा माथि भएको अमानवीय भौतिक आक्रमण निन्दनीय भएको उल्लेख गरेका छन्। उनले उपचारमा रहेकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त घटनालाई भर्त्सना योग्य ठहर गरेका छन्।

कांग्रेसले यस घटनाप्रति ध्यानाकर्षण गर्दै लोकतन्त्र र कानूनी प्रक्रियाप्रति पार्टीको प्रतिबद्धता पुन: पुष्टि गरेको छ।

548301669 1355157569305160 8568307363221103112 n pYqpmY9Lrq https://bajarkochirfar.com/nepali-congress-issues-6-point-statement-calling-dissolution-of-house-of-representatives-completely-unconstitutional | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स