नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम आयोजना गर्ने भएको छ। यस कार्यक्रममार्फत पार्टीले संसदीय अभ्यास, प्रक्रिया, प्राथमिकता र प्रतिज्ञापत्रबारे सांसदहरूलाई जानकारी दिनेछ।
कार्यक्रम शनिबार बिहान ११ बजे पार्टीको ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु हुनेछ। यसमा सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्री प्रदीप पौडेल र गुरूराज घिमिरेले सांसदहरूलाई प्रशिक्षण दिनेछन्।
संसदीय मामिलाका विज्ञ राधेश्याम खतिवडा र मुकुन्द शर्मालाई पनि कार्यक्रमका लागि आमन्त्रण गरिएको छ।
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् भने राष्ट्रियसभामा नौ जना नवनिर्वाचित सांसद छन्। प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको दोस्रो केन्द्रीय कार्यसमिति बैठक (११ चैत) ले नवनिर्वाचित सांसदहरूका लागि यो अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया