बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज पनि ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज पनि ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार बजारबाट पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट तरलता व्यवस्थापन गर्दै आएको हो।

राष्ट्र बैंकले आज जेठ २० गते फेरि ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र ५ करोड रुपैयाँको गुणकमा अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरमा हुने छ भने बहुब्याजदरमा पनि प्रस्ताव दिन सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

यो ५६ दिने निक्षेप संकलन उपकरण हो, जसको साँवा तथा ब्याज भुक्तानी आउँदो साउन १३ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो समय कर्जाको माग कमजोर रहँदा बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएको छ। यही कारण बैंक तथा वित्तीय संस्थाहरू न्यून ब्याजदर (करिब ३ प्रतिशतको हाराहारी) मा समेत केन्द्रीय बैंकमा रकम राख्न बाध्य भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स