SHAREHUBSHAREHUB

नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ४४ प्रतिशतले घट्यो, ईपीएस २२ पैसा

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २९ गते
AdvertisementAds
नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ४४ प्रतिशतले घट्यो, ईपीएस २२ पैसा
AdvertisementAds

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ४३.९२ प्रतिशतले घटेर १६ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २९ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३१०.३५ प्रतिशतले बढेर ७ करोड ६० लाख रुपैयाँ पुगेको छ। यस्तै, कुल आम्दानी १०३.१४  प्रतिशतले बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

यता, कुल दाबी ३७७ प्रतिशतले बढेर २ करोड ७५ लाख रूपैयाँ र कुल खर्च ११०.२७ प्रतिशतले बढेर १४ करोड १८ लाख रुपैयाँ पुगेको छ। जसकारण नाफामा कमी आएको छ।

कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको छ। यसको विशेष जगेडा कोषमा ४३ लाख १८ हजार रुपैयाँ, महाविपत्ती कोष ४ लाख ३१ हजार रुपैयाँ छ भने रिटेन्ड अर्निङ ५७ लाख रुपैयाँ ऋणात्मक र अन्य इक्विटी ९३ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३४ पैसा घटेर २२ पैसामा सीमित भएको छ। कम्पनीको प्रतिसेयरर नेटवर्थ ९९ रुपैयाँ ८६ पैसा रहेको छ।

AdvertisementAds

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स