नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा स्थगित

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ६ गते
नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा स्थगित

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड को वार्षिक साधारण सभा स्थगित गरिएको छ। यही वैशाख १० गते आयोजना हुने तय भएको कम्पनीको साधारण सभा उल्लेखित मितिमा आयोजना हुन नसक्नै भन्दै कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिले स्थगित गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार तेस्रो वार्षिक साधारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमा छलफल गरी अनुमोदन गर्ने कार्यसूची तय गरिएको थियो।

यसैगरी, चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, साथै सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको थियो।

कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत २६ गते बुक क्लोज गरिसकेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स