नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा जेठ १६ गते बस्दै, यस्ता छन् प्रस्तावहरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ४ गते
नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा जेठ १६ गते बस्दै, यस्ता छन् प्रस्तावहरु

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ १६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा भरतपुर गार्डेन रिसोर्ट, भरतपुर, चितवनमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी उनको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकहरूको बैठक भत्ता तोक्ने तथा अन्य खर्चहरू अनुमोदन गर्नेछ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार, जेठ ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स