नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न यस बाँडफाँडमा सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आवेदन खुला गरिएको थियो।
यस अवधिमा १९ लाख ९७७ जना आवेदकले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ता सेयरका लागि आवेदन दिएका थिए। तीमध्ये रितपूर्वक आवेदन दिएका १ लाख ८४ हजार ५०० भाग्यशाली आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
कसरी हेर्ने आइपीओ नतिजा?
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आइपीओ नतिजा निम्न वेबसाइटहरूबाट हेर्न सकिन्छ:
- एनआइएमबि एस क्यापिटल लिमिटेड – nimbacecapital.com
- सीडीएससी आइपीओ रिजल्ट पोर्टल – iporesult.cdsc.com.np
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।



















प्रतिकृया