नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार दिनमै सकारात्मक सर्किट, कतिमा खुल्यो कारोबार?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २६ गते
नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार दिनमै सकारात्मक सर्किट, कतिमा खुल्यो कारोबार?

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर कारोबार आज मंगलबारदेखि नेप्सेमा सुरु भएको छ। यसअघि हिजो सोमबार कम्पनीको सेयर प्रि-ओपन सेसनमा कारोबार म्याचिङ्ग नहुँदा पहिलो कारोबार हुन नसकेकाले आज कम्पनीको कारोबार भएको हो। प्रि-ओपनिङ सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०२.३० रुपैयाँमा खुला भएको हो। कारोबार सुरु भएको १५ मिनेटमै कम्पनीको सेयर मूल्यमा ९.९९ प्रतिशत बढेर ३३२.५० रुपैयाँ पुगेको छ, जसका कारण कम्पनीको सेयर मुल्यमा पहिलो कारोबार दिनमै सकारात्मक सर्किट लागेको छ।

यसअघि नै कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १०० रुपैयाँ ८० पैसादेखि ३०२ रुपैयाँ ४० पैसा सम्मको ओपनिङ्ग रेञ्ज निर्धारण गरेको थियो। पहिलो कारोबार तोकिएको रेन्जको उच्च विन्दुबाट सुरु भएको हो। कम्पनीका ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन्, जसमा पब्लिक सेयर २२ लाख ५० हजार कित्ता रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स