नेपाल मेडिकल कलेजले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कलेजले विशेषज्ञ चिकित्सक सहित प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर र लेक्चरर पदका लागि योग्य शैक्षिक जनशक्ति मागेको छ।
साथै, स्टाफ नर्स, क्याथ ल्याब टेक्निसियन, आइटी असिस्टेन्ट, होस्टल इन्चार्ज, एचआर असिस्टेन्ट र स्टोर असिस्टेन्ट जस्ता पदहरूमा पनि दरखास्त आह्वान गरिएको छ।
विशेषज्ञ चिकित्सक पदका लागि पल्मोनोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, एमडिजीपी, प्रसूति तथा स्त्री रोग, क्रिटिकल केयर, फोरेन्सिक मेडिसिन र रेडियोडायग्नोसिसका विषयमा दक्ष जनशक्ति आवश्यक रहेको कलेजले जनाएको छ। कलेजले निकट भविष्यमा मुटुरोग सम्बन्धी उपचारका लागि क्याथ ल्याब सञ्चालन गर्ने योजना बनाएको छ, र यसका लागि कम्तीमा पाँच वर्षको अनुभव भएका योग्य व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरिएको छ।
इच्छुक उम्मेदवारहरूले चैत्र ३० गते (२०२५) भित्र आवेदन दिनुपर्नेछ।









![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया