नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४६ करोड ८१ लाख रुपियाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ४२ करोड ७७ लाख रुपियाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १२.२६ प्रतिशत बढेर २२ अर्ब १२ करोड ९३ लाख रुपियाँ पुगेको छ । त्यस्तै, कुल आम्दानी १४.३५ प्रतिशत बढेर ३३ अर्ब ३९ करोड ८५ लाख रुपियाँ रहेको छ ।
८ अर्ब २० करोड ७९ लाख रुपियाँ चुक्ता पुँजी रहेको नेपाल लाइफ इन्स्योरेन्सको महाविपत्ति कोषमा १ अर्ब ३० करोड ८३ लाख रुपियाँ, रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड ३४ लाख रुपियाँ र अन्य इक्विटीमा ७८ करोड २६ लाख रुपियाँ सञ्चित छ ।
नाफासँगै कम्पनीकोको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.४१ रुपियाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५४.५१ रुपियाँ र मूल्य आम्दानी अनुपात ७०.४२ गुणा रहेको छ ।



















प्रतिकृया