लाभांश पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
लाभांश पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश पारित गर्न ७६औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा चैत १९ गते, मंगलबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार, चैत ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले साधारण सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स