नेपालले पनि भारतको जग्गा मिचेको रहेछ: प्रधानमन्त्री शाह

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १७ गते
नेपालले पनि भारतको जग्गा मिचेको रहेछ: प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको पाइएको बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेक र लिम्पियाधुरासम्बन्धी विषयमा प्रश्न उठाएपछि जवाफ दिँदै प्रधानमन्त्री शाहले सीमा विवादलाई कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री शाहले आफु प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको विषय आफूले थाहा पाएको बताएका हुन्। “तपाईंहरूलाई अचम्म लाग्न सक्छ, मलाई पनि प्रधानमन्त्री भएपछि थाहा भयो। भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,” उनले संसद्मा भने।

उनले नेपाल र भारतबीच रहेका सीमा विवादहरू संवादको माध्यमबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गरे। “हामीले मिचेका छौँ, उहाँहरूले पनि मिच्नुभएको छ। अब बसेर साथीका रूपमा समाधान खोज्ने सोच राखेका छौँ,” उनले भने।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स