फिनिक्स कलेज अफ म्यानेजमेन्टमा राष्ट्रिय क्रिकेट कप्तान रोहित पौडेलको भर्ना, कलेजले दियो पूर्ण छात्रवृत्ति

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ३० गते
फिनिक्स कलेज अफ म्यानेजमेन्टमा राष्ट्रिय क्रिकेट कप्तान रोहित पौडेलको भर्ना, कलेजले दियो पूर्ण छात्रवृत्ति

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले शैक्षिक यात्रालाई पनि सँगसँगै अघि बढाउने भएका छन्। पौडेलजस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्तित्व कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र निरन्तर परिश्रमबारे थप उर्जा मिल्ने फिनिक्स कलेजले विश्वास ब्यक्त छ।

कलेजका नेटवर्क निर्देशक राजु टण्डनले भने,“हामी देशका लागि योगदान पुर्‍याउने प्रतिभाशाली खेलाडीहरूको शैक्षिक यात्रामा साथ दिन पाउँदा निकै हर्षित छौँ। शिक्षा र खेलकुद एकसाथ अघि बढ्न सक्छन् भन्ने उदाहरण दिन हामी सधैं तत्पर छौँ ।”

यसअघि पनि फिनिक्स कलेजले राष्ट्रिय टिमका अन्य खेलाडीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै खेलकुद र शिक्षा दुवै क्षेत्रको सन्तुलित विकासलाई प्रोत्साहन गर्दै आएको छ।

582420227 1924543635086960 8621272618352270442 n https://bajarkochirfar.com/national-cricket-captain-rohit-poudel-admitted-to-phoenix-college-of-management-college-offers-full-scholarship | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स