नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि जारी गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद कात्तिक ९ गतेसम्मका लागि थप गरेको छ। बैंकले हाल कायम १ कित्ता बराबर १ कित्ताको अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो। यस अन्तर्गत २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरका प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता सेयर बिक्रीमा छन्।
बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो, जसअनुसार भदौ ८ गतेसम्म कायम सेयरधनीहरू आवेदन दिन योग्य छन्। इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सी प्लस प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको देखाउँछ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक, ग्लोबल आइएमई बैंकका शाखा तथा नारायणी बैंकका शाखाबाट, साथै आस्बा सेवामा सहभागी बैंक वा ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया