नारायणकाजी श्रेष्ठ भन्छन्, “गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन्”
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखिएको आधारमा मात्र चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन्।
बुधबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले चेकमा गल्ती भएमा सच्याउनका लागि ३० दिनको समय कानूनी रूपमा तोकिएको जानकारी गराए।
उनका अनुसार, चेकमा गलत रकम लेखिएको अवस्थामा, उक्त गल्ती तोकिएको समयमा सुधार गर्न सकिन्छ। उनले भने, “चेक अनादर दर्ता हुन ३० दिनको समय गणना गरिन्छ। यदि गल्ती छ भने, तोकिएको समयभित्र सच्याउन सकिन्छ।”
साथै, उपाध्यक्ष श्रेष्ठले चेक अनादरसम्बन्धी जरिबाना लगायतका कानूनी व्यवस्थाहरू पहिले नै तय भइसकेको जानकारी समेत दिए।