insta insta

सत्य निरूपण र बेपत्ता छानबिन आयोगका लागि ३४ जनाको नाम सार्वजनिक, प्रतिक्रिया दिने समयसीमा तोकियो

सत्य निरूपण र बेपत्ता छानबिन आयोगका लागि ३४ जनाको नाम सार्वजनिक, प्रतिक्रिया दिने समयसीमा तोकियो
Advertisement Ads

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि नाम छनोट तथा सिफारिस समितिले ३४ जनाको संक्षिप्त नामावली सार्वजनिक गरेको छ। समितिले ती नाममा वैशाख २० गते साँझ ५ बजेसम्म लिखित वा विद्युतीय माध्यमबाट प्रतिक्रिया दिन आह्वान गरेको छ। यसअघि आवेदन दिएका १११ जनामध्येबाट छनोट गरी यो सूची तयार गरिएको हो।

अध्यक्ष पदका लागि अग्नी प्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, महेश थापा, लीलादेवी गड्तौला, विजयसिंह सिजापति र शेरबहादुर केसी सर्टलिस्टमा परेका छन्। बाँकी २७ जना सदस्य पदका लागि छनोट भएका छन्।

सर्टलिस्ट भएका उम्मेदवारहरूको प्रस्तुतीकरण वैशाख २४ देखि २६ गतेसम्म हुनेछ। उम्मेदवारहरूलाई निश्चित तालिका अनुसार बिहान र दिउँसो सत्रमा विभाजन गरी प्रस्तुतीकरण गर्ने समय तोकिएको छ।

उजुरी र प्रस्तुतीकरणको मूल्यांकनपछि समितिले योग्य पदाधिकारी र सदस्यहरूको सिफारिस गर्नेछ। चैत ११ गते मन्त्रिपरिषद्ले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरेको हो, जसलाई दुई महिनाभित्र सिफारिस प्रक्रिया पूरा गर्ने कार्यादेश दिइएको छ।

trc ujuri 1745805274 https://bajarkochirfar.com/names-of-34-people-made-public-for-truth-and-disappearance-commission-deadline-set-for-responses | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स