नागार्जुन नगरपालिकाका मेयर बस्नेतविरुद्द भ्रष्टाचारको मुद्दा दायर भएसँगै स्वत: निलम्बनमा परे

नागार्जुन नगरपालिकाका मेयर बस्नेतविरुद्द भ्रष्टाचारको मुद्दा दायर भएसँगै स्वत: निलम्बनमा परे

काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा स्वत: निलम्बनमा परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी निलम्बित भएका हुन्।

अख्तियारका अनुसार बस्नेतले पदको दुरूपयोग गरी ९ करोड २२ लाख रुपैयाँ घुस लिएको र १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोप छ। घुस लिने उद्देश्यले उनले राजुप्रसाद कँडेलमार्फत कर छुट र विदेशी सहायता सहमति दिलाएका थिए।

बस्नेत र उनकी श्रीमती उर्मिलाको खातामा २ करोड १५ लाख रुपैयाँ भेटिएको छ भने ६ करोड ८२ लाख बराबरको जग्गा लिएको तथ्य खुलेको छ। कँडेलले बस्नेतको सहयोगमा प्रतिष्ठानको ख्याति बढाउन विभिन्न सहुलियत प्राप्त गरेको र छोराको बिहेका लागि २४ लाख रुपैयाँ तिरेको अख्तियारले दाबी गरेको छ।

यो प्रकरणमा बस्नेतसहित उनकी श्रीमती, राजुप्रसाद कँडेल र दुई कम्पनीविरूद्ध मुद्दा दायर गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स