नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको घर-जग्गा बेच्दै, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २३ गते
नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको घर-जग्गा बेच्दै, कहाँबाट दिने आवेदन ?

नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको धनगढी उपमहानगरपालिका–३, कैलालीस्थित घर-जग्गा शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको छ। बैंकले सम्पत्ति जे जस्तो अवस्थामा छ, सोही अवस्थामा बिक्री गर्न लागेको जानकारी दिँदै, खरीद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ।

बिक्री गर्न लागिएको सम्पत्ति कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ मा पर्ने कित्ता नम्बर ६०६ रहेको १,३८० वर्ग मिटर क्षेत्रफलको हो। इच्छुक पक्षहरूले “घर जग्गा खरीद गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र प्रस्ताव” भनी उल्लेख गरी आफ्नो प्रस्ताव खाममा बन्द गरेर बुझाउनु पर्नेछ। प्रस्तावमा सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र प्रस्तावित स्थानको विवरण अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ।

बोलपत्र बुझाउने अन्तिम मिति २०८२ साउन ५ गते दिउँसो ३ बजे बैंकिङ समयसम्म तोकिएको छ। बोलपत्रहरू बैंकको दुई स्थान—सुदूरपश्चिम प्रदेशको धनगढी शाखा/प्रादेशिक कार्यालय, रातोपुल धनगढी, वा बागमती प्रदेशको घण्टाघर, काठमाडौंस्थित प्रशासन विभागमा बुझाउन सकिनेछ। प्राप्त बोलपत्रहरू २०८२ साउन ६ गते बिहान ११ बजे बोलपत्रदाताको वा निजका प्रतिनिधिको रोहवरमा खोलिनेछ। यद्यपि, उपस्थित नभए पनि बोलपत्र खोल्न कुनै बाधा नहुने बैंकले स्पष्ट पारेको छ।

बोलपत्रमा प्रस्तावित मूल्य अंक र अक्षरमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, सो मूल्यको कम्तीमा १० प्रतिशत रकम धरौटीस्वरूप बैंकको खाता नम्बर ९३२५४००१००६ मा जम्मा गरी, सो रकम जम्मा गरिएको सक्कल भौचर पनि बोलपत्रमा संलग्न गर्नुपर्नेछ। धरौटीमा जम्मा गरिएको रकममा कुनै व्याज दिइने छैन।

सम्पत्ति खरिद गर्नेले सरकारका कार्यालयमा लाग्ने सबै दस्तुर तथा शुल्क आफैंले तिर्नुपर्नेछ। यदि कुनै कारणले बिक्री प्रक्रिया अगाडि बढ्न नसकेमा धरौटी फिर्ता गरिने भए पनि त्यसमा व्याज दिइने छैन। बोलपत्र स्वीकृत गर्ने वा नगर्ने पूर्ण अधिकार बैंकसँग सुरक्षित रहेको जनाइएको छ।

सम्पत्ति वा प्रक्रियासम्बन्धी थप जानकारी आवश्यक परेमा बैंकको घण्टाघर, काठमाडौंस्थित प्रशासन विभागमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स