कम्पनी चिरफार-१ : तथ्याङ्कमा अब्बल नबिल बैंकको चिरफार

कम्पनी चिरफार-१ : तथ्याङ्कमा अब्बल नबिल बैंकको चिरफार
Advertisement Ads

नेपाली बैंकिङ क्षेत्रको राजा मानिने नबिल बैंकले यस पटकको वित्तीय विवरणमा पनि आफूलाई अब्बल सावित गरेको छ। बैंकको अधिकांश वित्तीय सूचकहरु अन्य बैंकको तुलनामा अब्बल देखिएका छन्। त्यसोत नबिल बैंक वित्तीय आँकडामा मात्र नभई व्यावहारिक रूपमा पनि अन्य बैंकभन्दा अब्बल छ। 

बैंकले सार्वजनिक गर्ने योजना र प्रविधि समग्र बैंकिङ क्षेत्रले अनुकरण गर्दै आइरहेको धेरै उदाहरण पनि छन्। ३५ वर्ष लामो इतिहास बोकेको नबिल बैंकले हरेक उमेर र वर्गलाई बैंकिङ सेवा उपलब्ध गर्दै आइरहेको छ। बैंकको देशभर २६६ शाखा, ३१३ एटीएम सञ्चालनमा रहेका छन। बैंकले संख्यामा मात्र आफ्नो सेवा विस्तार गरेको छैन सर्वसाधारणको विश्वास पनि उत्तिकै जितेको छ। 

प्रस्तुत छ कम्पनी चिरफार पहिलो अंकमा नबिल बैंकको चिरफार :

१) व्यवस्थापकीय विवरण 

नबिल बैंकको अध्यक्षको जिम्मेवारीमा २०७७ असोज देखि ३ दशक देखिको बैंकिङ क्षेत्रको अनुभव भएका अनुभवि बैंकर एबम् नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष उपेन्द्र पौडेल छन्। यस्तो छ बैंकको सञ्चालक समितिको संरचना:

Advertisement Ads

Screenshot 2024 04 23 224811 https://bajarkochirfar.com/nabil-2 | %tags

यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेका छन्। भने अन्य प्रमुख विभागको नेतृत्व गरिरहेका व्यक्तिहरूको विवरण यसप्रकार रहेको छ:

Screenshot 2024 04 23 230226 https://bajarkochirfar.com/nabil-2 | %tags

२) सेयर संरचना:

नबिल बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनका अनुशार बैंकमा सर्वसाधारण सेयर धनीको ४१.५६% र चौधरी समूहको एनबी इन्टरनेशनल लिमिटेडको ३९% स्वामित्व रहेको छ। यस्तो छ बैंकको सेयर संरचना: 

Screenshot 2024 04 23 224559 https://bajarkochirfar.com/nabil-2 | %tags

३) सेयर बजारमा नबिल बैंक:

२०८१ वैशाख १० गते सम्मको नेप्सेको तथ्याङ्क हेर्दा बैंकको सेयरमूल्य दोश्रो बजारमा ४९२ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो १ वर्षमा बैंकको सेयर मूल्य सर्वाधिक ६५३ रुपैयाँ र न्यून ४२२ रुपैयाँ सम्म पुगेको छ। सोही दिनको तथ्याङ्क हेर्दा कम्पनीको पिई रेसियो १८.६५ रहेको छ। 

यस्ताे छ बैंकको पछिल्लो एक वर्षको सेयर मूल्यको तथ्याङ्क:

४: लाभांस इतिहास:

नबिल बैंकले पछिल्ला आर्थिक वर्षहरूमा लगानीकर्तालाई राम्रो लाभांस दिँदै आएको छ। बैंकले गत आर्थिक वर्षमा ११% प्रतिशत नगद लाभांस दिएको थियो। यस्ताे छ बैंकको लाभांस इतिहास :

५) वित्तीय विवरण

बैंकले हालसालै तेश्रो त्रैमासिक साम्मको वित्तीय विवरण प्रकाशित गरेको थियो। सोही आधारमा हामीले वित्तीय विवरण प्रस्तुत गरेका छौ। 

क) खुद नाफा:

नबिल बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफामा गिरावट आएको छ। बैंकले यस अवधिमा ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ८.७६ प्रतिशतले कम हो । गत वर्ष बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यद्यपि नबिल बैंकको नाफामा गिरावट आएपनि यो अन्य बैंकहरुको तुलनामा उच्च हो। 

यस्तो छ बैंकको पछिल्लो ५ आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्मको खुद नाफा परिदृश्य:

ख: सञ्चालन मुनाफा

बैंकको संचालन आम्दानी गत वर्षको तुलनामा यस वर्षको तेश्रो त्रैमासिक सम्ममा सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब ४८ करोड सञ्चालन मुनाफा कायम गरेको थियो। 

यस्तो छ बैंकको पछिल्लो ५ आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्मको सञ्चालन मुनाफाको परिदृश्य:

 

 

ग) निक्षेप :

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्ममा बैंकमा निक्षेपको आकार ४ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ। 

यस्तो छ बैंकको पछिल्लो ५ आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्मको निक्षपको आकार:

घ) वितरणयोग्य मुनाफा: 

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्ममा बैंकमा बैंकमा बितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। कति थियो बैंकको पछिल्लो ५ आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्ममा बितरणयोग्य मुनाफा:

ङ) खराब कर्जा अनुपात:

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्ममा बैंकको खराव कर्जा अनुपात १.२७% कायम भएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३.८७% रहेको थियो। यस्तो छ बैंकको पछिल्लो ४ आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्मको खराब कर्जा अनुपात आकार:

 

च) रिजर्भ र सर्प्लस:

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्ममा बैंकको रिजर्भमा २९ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। यस्तो छ बैंकको पछिल्लो ४ आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्मको रिजर्भको आकार:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स