गभर्नर नियुक्तिमा सत्ता गठबन्धनभित्र “मेरो मान्छे, तेरो मान्छे” को खेल चलिरहेको छ: अध्यक्ष प्रचण्ड

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १७ गते
गभर्नर नियुक्तिमा सत्ता गठबन्धनभित्र “मेरो मान्छे, तेरो मान्छे” को खेल चलिरहेको छ: अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सत्ता गठबन्धनभित्र तानातान चलिरहेको बताएका छन्।

शनिबार प्रेस सेन्टर नेपाल को महाधिवेशनलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको बेला योग्य व्यक्ति चयन गर्नु आवश्यक भए पनि गठबन्धन दलहरू बीच “मेरो मान्छे, तेरो मान्छे” को खेल चलिरहेको आरोप लगाए। “राष्ट्रलाई भन्दा व्यक्तिगत फाइदालाई प्राथमिकता दिने हो भने अर्थतन्त्र सुधार गर्न कठिन हुन्छ,” उनले चेतावनी दिए।

प्रचण्डले थपे, “मैले भर्खरै प्रधानमन्त्री छोडेको छु, कहाँ सेटिङ हुँदैछ, को कहाँबाट फाइदा लिने सोच्दैछ, मलाई सबै थाहा छ। त्यसो नगर्नुहोस्।”

तर, उनले यो अवस्था सुधार गर्न नसकिने होइन भन्दै, आँट गरेर एकताबद्ध भएर अगाडि बढे सुधार सम्भव रहेको बताए। साथै, गणतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहेको र यस्तो अवस्था आउने पूर्वानुमान आफूले गरिसकेको दाबी गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स