राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले बुल्गेरियाबाट हतियारसहितको कार्गो नेपाल भित्रिएको विषयमा सरकारको जवाफ मागेका छन्। बुधबार विकास, आर्थिक मामिला र सुशासनसम्बन्धी समितिको बैठकमा उनले यो प्रश्न उठाएका हुन्।
विश्वकर्माले जेनजी आन्दोलनको क्रममा भदौ २४ गते घुसपैठ गरेर विध्वंश गर्ने टिओवी संस्थासहितका नक्कली नागरिकता भएका व्यक्तिहरूलाई कहिले डिपोर्ट कहिले डिपोर्ट गरिन्छ ? भन्ने प्रश्न गरे। उनले तत्काल डिपोर्ट गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले भारतबाट आउने पेट्रोल पाइपलाइनको माध्यमबाट ढुवानी भइरहेको कमिसनसम्बन्धी गतिविधिमा पनि प्रश्न उठाउँदै भने, “बजारमा व्यापक चर्चा भएको हतियारसहितको कार्गो नेपाल भित्रिएको विषय के हो? यसको छानबिन र कारबाही कहिले हुन्छ?”
त्यसैगरी, कृषि मल खरिदका लागि यस वर्ष २८ अर्ब ८२ करोड बजेट छुट्याइएको भए पनि नेपालले ५० करोडको लगानीमा मल कारखाना किन स्थापना गर्न नसकिरहेको भन्ने प्रश्न पनि उनले राखे।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया