विद्युतीय व्यापार पोर्टलमा सूचीकृतका लागि ३५० भन्दा बढी व्यवसायीले आवेदन दिएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०८२ साउन २ गतेभित्र अनलाइन व्यवसायहरू अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ।
‘ई–कमर्स ऐन, २०८१’ अनुसार अनलाइन व्यवसाय सञ्चालन गर्नुअघि सूचीकृत हुनु आवश्यक छ। व्यवसायीले आफ्नो प्लेटफर्ममा नाम, ठेगाना, दर्ता नम्बर, सम्पर्क विवरण, गुनासो सुन्ने जिम्मेवार व्यक्तिको जानकारी लगायत आवश्यक कागजात विभागमा पेश गर्नुपर्नेछ।
विभागले सूचीकृत प्रक्रियाबारे वेबसाइट र मेनुअल मार्फत जानकारी उपलब्ध गराएको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया