स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औं तहको दुई अतिरिक्त सचिवको पद रिक्त रहेको छ। यस पदका लागि आवेदन माग गरिएको छ, र बढुवा समितिको सचिवालयले १५ दिनभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा विवरण दर्ता गर्न अनुरोध गरेको छ।
सूचनामा भनिएको छ कि २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूरा गरेका एघारौं तहका अधिकृत कर्मचारीहरुले बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम मन्त्रालयको वेबसाइट (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) बाट डाउनलोड गरी सम्बन्धित निकायबाट प्रमाणित गराई दर्ता गर्न सक्नेछन्।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५(२) बमोजिम कार्य सम्पादन क्षमताका आधारमा एघारौं तहका कर्मचारीहरुलाई बढुवा सिफारिस गरिनेछ। यसैगरी, स्वास्थ्य सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंह फागुन १२ गते अवकाश पाएका थिए। डा. विकास देवकोटाले सचिवको जिम्मेवारी सम्हालेपछि मन्त्रालयमा १२ औं तहको अतिरिक्त सचिवका दुई पद रिक्त रहेका छन्।









![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया