मन्त्री गुरुङले भने, “शिक्षामन्त्रीले राजीनामा दिएको बारे सरकारलाई औपचारिक जानकारी प्राप्त भएको छैन्”

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १० गते
मन्त्री गुरुङले भने, “शिक्षामन्त्रीले राजीनामा दिएको बारे सरकारलाई औपचारिक जानकारी प्राप्त भएको छैन्”
AdvertisementAds

सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाको विषयमा सरकारलाई औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्।

मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा उनले भने, “शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने कुरा सरकारको जानकारीमा छैन। प्रधानमन्त्रीलाई दिएको भन्ने सुनिएको छ, तर प्रधानमन्त्रीलाई पनि यसबारे जानकारी छैन।”

उनले थपे, “शिक्षामन्त्री बिरामी भएपछि क्वाटरमै किन बसिरहनु भन्ने लागेर होला, उहाँले क्वाटर छाड्नुभएको हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स