एमजी ब्रान्डका गाडीको नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नेपालकै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी एमजी आईएम६ आज सार्वजनिक गरेको छ।
एआई इन्टेलिजेन्सद्वारा सञ्चालित यो गाडी लक्जरी, नवप्रवर्तन र लामो रेन्जको क्षमताको सम्मिश्रण हो। गाडीमा भेहिकल मोसन कन्ट्रोल, रेनी नाइट मोड, वान टच आईएडी, उच्च शक्ति सामग्री र सुरक्षात्मक प्रणाली समावेश छन्।
४०० भी प्लेटफर्ममा आधारित यो ईभीले एनईडीसीअनुसार ५०५ किमि र डब्लुएलटीपी अनुसार ४५० किमि रेन्ज प्रदान गर्छ। यसमा ७५ किलोवाट आवर एलएफपी ब्याट्री, १०९ केडब्लु हरिकेन मोटर, २० इन्च एरोडाइनामिक ह्विल्स, अल्ट्रा सफ्ट लेदर सिट, प्यानोरामिक सनरुफ, २६.३ इन्च टचस्क्रिन, एड्यास र क्वाल्कम स्न्यापड्रागन ८२९५ इन्टेलिजेन्ट क्याबिनजस्ता सुविधा छन्।
वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोसमेत उपलब्ध छ। आईएम कनेक्टिभिटीसहित पाँच बाहिरी र दुई आन्तरिक रंग विकल्पमा उपलब्ध यो गाडीको प्रारम्भिक मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। टेस्ट ड्राइभ तथा बुकिङ एमजीका अधिकृत डिलरशिपमार्फत गर्न सकिन्छ।




















प्रतिकृया