प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (आइतबार) साँझ सिंहदरबारमा भेटवार्ता भएको छ। भेटको मूल विषय सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी प्रक्रिया रहेको बताइएको छ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रधानमन्त्री ओलीले टीआरसीसँग सम्बन्धित पीडित पक्ष र सरोकारवालाहरूले उठाएका मुद्दा तथा तीबारे भइरहेको प्रक्रिया बारे अध्यक्ष दाहाललाई जानकारी गराएका थिए।
‘प्रधानमन्त्रीले पीडितहरूले उठाएका सरोकारका विषय र हालसम्मको प्रक्रियाबारे जानकारी गराउनुभयो,’ पुनले भने, ‘प्रक्रिया सकारात्मक ढंगले अघि बढिरहेको छ भन्ने बुझ्न सकिन्छ।’
भेटमा अध्यक्ष दाहालले विवादित बनेको सर्च कमिटीबारे पनि जिज्ञासा राखेका थिए। त्यसबारे प्रधानमन्त्री ओलीले सर्वपक्षीय सहमति हुने गरी समाधान खोजिने प्रतिबद्धता जनाएका थिए।
















प्रतिकृया