नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफ्ना वृद्ध बाआमा बसोबास गर्दै आएको चितवनस्थित घरमा भएको तोडफोडप्रति गहिरो दुःख प्रकट गरेका छन्। ललितपुरको भैँसेपाटीस्थित उनको घर जलाइएपछि पनि नपुगी, बिरामी आमाबुबा बस्ने चितवनको घरमा ढुंगामुढा भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत पीडा पोखेका हुन्।
बिहीबार बिहान उनले आक्रमणको भिडियो सार्वजनिक गर्दै लेखेका छन्– “यस भिडिओमा सुरुमा ढुंगा लागेको कोठा मेरी ८२ वर्षीया आमाको सुत्ने कोठा हो। उहाँ कान राम्रोसँग नसुन्ने र भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको हो। मेरो रिस मेरो भैँसेपाटीको घर जलाएर नपुगी वृद्ध बाआमा बस्ने चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्।”
पौडेलका अनुसार उक्त घर करिब १५ वर्षअघि, आफू विद्यार्थी हुँदा बनेको हो, जहाँ उनी अझै पनि प्रायः हप्तामा एकपटक आमाबुबासँग भेटेर खाना खान पुग्ने गर्छन्। उनका पिता अहिले ८७ वर्षका छन्। केही समयअघि रक्ताल्पताका कारण स्वास्थ्य गम्भीर भए पनि अहिले सुधार हुँदै गएको उनले बताएका छन्। पौडेलले आफ्नो परिवार सामान्य पृष्ठभूमिबाट आएको उल्लेख गर्दै जीवनमा कहिल्यै कसैसँग पैसा मागेको नभएको पनि बताएका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया