हेल्मेट्स नेपालमा एमएडब्लू समूहको प्रवेश, अब यामाहा शोरूममा हेल्मेट्स नेपालका गियर किन्न पाइने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १२ गते
हेल्मेट्स नेपालमा एमएडब्लू समूहको प्रवेश, अब यामाहा शोरूममा हेल्मेट्स नेपालका गियर किन्न पाइने

यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सहकार्य भएको छ। काठमाडौंमा आयोजित एक समारोहमा दुई कम्पनीबीच सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार अब यामाहा मोटरसाइकलका शोरुमहरूमा हेल्मेट्स नेपालको आउटलेट रहनेछ, जहाँ हेल्मेट, सेफ्टी गियर र अन्य राइडिङ एसेसोरिज उपलब्ध हुनेछन्।

पहिलो चरणमा काठमाडौंका टेकु, महाराजगञ्ज र भक्तपुरको गठ्ठाघरस्थित यामाहा शोरुममा हेल्मेट्स नेपालको आउटलेट सञ्चालनमा आउनेछ।

हेल्मेट्स नेपालमा एमएडब्लू समूहको लगानी
स्रोतका अनुसार नेपालको अटो क्षेत्रको अग्रणी एमएडब्लू समूहले केही समयअघिनै हेल्मेट्स नेपालको केहि स्वामित्व लिएको थियो।

एमएडब्लू समूहले यामाहा मोटरसाइकल, जीप, स्कोडालगायत बिक्री गर्दै आइरहेको छ। हालका वर्षहरूमा, समूहले विद्युतीय सवारी दिपल, सेरेस, नामी जस्ता ब्रान्ड र लाइट कमर्सियल गाडीहरूमा समेत आक्रामक रूपमा आफ्नो उपस्थिति विस्तार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स