माओवादीले राष्ट्रियसभामा पनि माग्यो गृहमन्त्रीको राजीनामा

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २६ गते
माओवादीले राष्ट्रियसभामा पनि माग्यो गृहमन्त्रीको राजीनामा

नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन आग्रह गरेका छन्। सोमबार राष्ट्रियसभा बैठकमा उनले गृहमन्त्रीले नैतिकता र ईमानदारीमा कुनै दोष नभए पनि मातहतको कार्यालयमा भइरहेको छानबिनमा सहयोग गर्नका लागि राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने बताए।

आलेमगरले भने, “हामी भिजिट भिसा प्रकरणलाई छोड्न चाहन्थ्यौँ, तर यसले हामीलाई छोडेन, त्यसैले हामीले यसलाई पकडिरहेका छौँ।” उनले अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित अन्य सम्बन्धित व्यक्तिको छानबिन सहज बनाउन गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स