मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैठौं वार्षिक साधारणसभा चैत १० गते आइतबार बिहान साढे १० बजे भक्तपुरको जगातीस्थित होटल भ्यू भक्तपुरमा आयोजना गर्ने निर्णय गरेको छ। यो निर्णय कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो।
सभामा लघुवित्तसँग मर्जरका लागि आवश्यक सबै प्रक्रिया अघि बढाउने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरी लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएको छ। सो आधारमा फागुन २३ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभ प्राप्त गर्न सक्नेछन्।












प्रतिकृया