महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ भोलि शुक्रबार (पुस १९ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार शुक्रबार बिहान १०.३० बजे नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने भएको हो ।
महुली लघुवित्तले पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो ।सिडिएस क्लियरिङ्गका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
एफपीओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५२ दशमलव ३४ गुणा बढी हो । आवेदन दिने मध्ये ४७ हजार ५४५ जनाले मात्र सेयर हात पार्नेछन भने १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो हुनेछ ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया