महेश बस्नेत भन्छन्, “मान्छे र वनमान्छेबीच जति फरक हुन्छ त्यत्तिकै फरक ओली र प्रचण्डबीच छ”

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ९ गते
महेश बस्नेत भन्छन्, “मान्छे र वनमान्छेबीच जति फरक हुन्छ त्यत्तिकै फरक ओली र प्रचण्डबीच छ”

नेकपा (एमाले) का नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति टिप्पणी गर्दै, सत्ता नपाएको झोकमा हिँडिरहेको आरोप लगाएका छन्।

शुक्रबार कास्कीको पोखरामा आयोजित राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बस्नेतले जागरण अभियानमा सक्रिय रहेका दाहालप्रति कटाक्ष गरेका हुन्।

उनले भने, “अझ कमरेड केपी ओलीकै भाषामा भन्ने हो भने, मान्छे र वनमान्छेबीच जति फरक हुन्छ, ठीक त्यत्तिकै फरक कमरेड ओली र प्रचण्डबीच पनि छ। कमरेड ओली राष्ट्रवादी नेता हुन्—देशभर एकैपटक अस्पताल उद्घाटन गर्ने, धरहरा बनाउने नेताको हैसियतमा।”

त्यसक्रममा बस्नेतले केपी ओलीविरुद्ध विभिन्न घेराबन्दी प्रयासहरू भइरहेका बताएका छन्। यस्ता प्रयासहरू मुख्यतः राजावादी शक्तिबाट भइरहेका उल्लेख गर्दै उनले आफूहरू त्यसका विरुद्ध खडा हुने चेतावनी पनि दिए।

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसङ्ग उठाउँदै उनले व्यङ्ग्य गरे, “अब पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार छिर्न पनि टिकट काट्नुपर्ने दिन आएको छ।”

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनप्रति लक्षित गर्दै बस्नेतले भने, “एमालेको वैशाखी टेकेर सांसद बनेका लिङ्देनले आज कमरेड ओली भाग्नका लागि हेलिकोप्टरको व्यवस्था गरिदिने अभिव्यक्ति दिएका छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स