महावीर पुन विज्ञान तथा प्रविधि मन्त्री बन्ने

महावीर पुन विज्ञान तथा प्रविधि मन्त्री बन्ने

स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बन्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई आजै पद तथा गोपनीयताको शपथ गराउने तयारी भएको छ।

यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा शिक्षामन्त्री रहेका पुनले केही विषय सम्बोधन नभएको भन्दै पदबाट राजीनामा दिएर पछि चुनाव लडेका थिए। उनी म्याग्दीबाट निर्वाचित भएका हुन्।

त्यसैगरी गृहमन्त्रीमा सुधन गुरुङले पनि आजै शपथ लिने भएका छन्। दुवै जनाको शपथ मंगलबार दिउँसो हुने कार्यक्रम तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स