झण्डै एक दशकपछि एउटै स्क्रिन सेयर गर्दै ‘माग्ने’ र ‘तक्मे बुढा’



Advertisement
Ads

केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’ मा अभिनेता विल्सन विक्रम राई (तक्मे बुढा) पनि सामेल भएका छन्। निर्माण टिमले मंगलबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेसँगै माग्ने र तक्मे बुढाको जुगलबन्दी पक्का भएको हो।

दुवै कलाकारले करिब एक दशकपछि सँगै काम गर्न लागेका हुन्। उनीहरूले अन्तिम पटक ‘राम कहानी’ मा सहकार्य गरेका थिए। विल्सनलाई ‘मेरी बास्सै’ मा अभिनयको अवसर दिलाउनुका साथै तक्मे बुढा नाम पनि केदार घिमिरेले नै दिएका थिए, जसकारण विल्सन उनलाई गुरु मान्छन्।


Advertisement

केदारले भने, “हामी दुवै सँगै काम गर्न उत्सुक थियौं, तर भूमिका जुरेको थिएन। ‘माग्ने राजा’ ले त्यो अवसर जुटाइदियो।” विल्सनले पनि पुराना दिनहरू सम्झिँदै “चलचित्रले हाम्रो चाहना पूरा गरिदिएको छ, दर्शकलाई पहिलेझैं हँसाउनेछौं” भने।

ऋषि लामिछानेको निर्देशनमा बन्ने चलचित्रमा वर्षा सिवाकोटी, शिशिर वाङ्देल, शारदा गिरी, र पुष्कर गुरुङको अभिनय रहनेछ। मुनाल घिमिरेको निर्माण, नरेन्द्र मैनालीको छायांकन, र सामीप्य राज तिमल्सेनाको पटकथामा आधारित यो फिल्मको छायांकन शिवरात्रिबाट सुरु हुनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर