राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अब काठमाडौं अधिकार माग्न होइन, पशुपति दर्शन गर्न मात्र जानुपर्ने अवस्था आउनुपर्ने बताएका छन्।
उनले सोमबार जनकपुरधाममा मैथिली भाषामै भाषण गर्दै प्रदेश सरकारलाई बलियो बनाउने बताउँदै अधिकारका लागि काठमाडौं धाउनु नपर्ने बताएका हुन्।
सभालाई सम्बोधन गर्दै शाहले संघीयतालाई नेताहरूले आफ्नो अनुकूल चलाएको आरोप लगाए। उनले संघीय व्यवस्थाको मर्मअनुसार स्थानीय तहलाई पूर्ण अधिकार दिनुपर्नेमा जोड दिए।
जनकपुरका वडामा सामान्य काम गर्नसमेत प्रदेशका मन्त्री चाहिनुपर्ने अवस्था गलत भएको उल्लेख गर्दै शाहले यस्तो व्यवस्था परिवर्तन गर्नुपर्ने बताए। उनले पालिकाको कार्यकारी अधिकृत परिवर्तन गर्न काठमाडौं धाउनुपर्ने प्रचलनको अन्त्य हुनुपर्ने पनि बताए।
संघीयतालाई अझ प्रभावकारी र बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै शाहले स्थानीय सरकारलाई वास्तविक अधिकार नदिइएसम्म संघीयताको उद्देश्य पूरा नहुने धारणा राखे।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया