माछापुच्छ्रे क्यापिटलद्वारा “एमबीएल इक्विटी फण्ड”को बिक्री खुला, कहिलेसम्म भर्न पाईन्छ ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २२ गते
माछापुच्छ्रे क्यापिटलद्वारा “एमबीएल इक्विटी फण्ड”को बिक्री खुला, कहिलेसम्म भर्न पाईन्छ ?

माछापुच्छ्रे क्यापिटलले आज (फागुन २२ गते) देखि “एमबीएल इक्विटी फण्ड” बिक्री खुला गरेको छ । यो फण्ड १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो। क्यापिटलले ‘एमबीएल इक्विटी फन्ड’को  प्रतिइकाई १० रुपैयाँका दरले १२ करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक र १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ।

बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको हो। यसमा न्यूनतम १ सय इकईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स