लाभांश पारित गर्न माछापुच्छ्रे बैंकको साधारण सभा बस्दै, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २० गते
लाभांश पारित गर्न माछापुच्छ्रे बैंकको साधारण सभा बस्दै, बुक क्लोज कहिले ?

माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न असोज १० गते २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा हुनेछ। उक्त सभाले हाल कायम चुक्ता पूँजीमा ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै, प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, रिक्त सञ्चालक पदमा समितिले गरेको नियुक्ति अनुमोदन गर्ने र नयाँ लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भदौ २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार भदौ २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स