काठमाडौँको ठमेल नरसिंह चोकमा नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ। जापानमा साढे दुई दशक बसेका धादिङका एनआरएन कृष्ण सिम्खडाको एकल लगानीमा निर्माण भएको यो हेरिटेज होटल करिब २ अर्ब ५० करोड रुपैयाँ लागतमा तयार भएको हो।
होटलमा ७२ वटा कोठा छन्, जसमा ४१ डिलक्स रूम आधुनिक र परम्परागत शैलीमा डिजाइन गरिएको छ। भक्तपुरमा निर्माण गरिएका तेलिया इँटा, मयूर झ्याल, फाल्चा, काष्ठकलाले सजिएका दराज र ऐनाका फ्रेमजस्ता नेपाली कलाका विशेषता यहाँ देख्न सकिन्छ। १२औं तलामा रहेको ‘सोरा’ रेस्टुरेन्ट र ‘स्काई लाइन सोरा’ मा स्काई वाकको मजासँगै डिनरको सुविधा उपलब्ध छ। होटलमा ६० डलरदेखि १६०० डलरसम्मका कोठा दर रहेका छन्।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया