एलपी ग्यास उद्योग संघको आग्रह: आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नगर्नुस्, आपूर्ति नियमित छ

एलपी ग्यास उद्योग संघको आग्रह: आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नगर्नुस्, आपूर्ति नियमित छ

बजारमा एलपी ग्यासको अस्थायी अभाव देखिएपछि नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास जगेडा नगर्न आग्रह गरेको छ। संघले ग्यासको आयात र आपूर्ति नियमित रूपमा भइरहेकाले अहिले देखिएको समस्या उपभोक्ताले एकैपटक जगेडाका सिलिन्डर भर्न ल्याउँदा सिर्जना भएको जनाएको छ।

संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट नेपाल आउने ग्यासको परिमाणमा कुनै कमी आएको छैन। उनका अनुसार अहिले पनि विगतझैं दैनिक करिब १०० बुलेट ग्यास नेपाल भित्रिरहेको छ।

उनले भने, ‘पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यो, सोही परिमाणमा अहिले पनि आपूति भइरहेको छ।’

उनका अनुसार उपभोक्ताले अतिरिक्त सिलिन्डर जगेडामा राख्न थालेपछि बजारमा अस्थायी अभाव देखिएको हो। आवश्यकताभन्दा बढी ग्यास मौज्दात नगर्ने हो भने हालको समस्या सहज रूपमा समाधान हुने उनको भनाइ छ।

एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीले पूर्ण रूपमा भरिएका सिलिन्डर छिट्टै वितरण गर्न आफूहरूले सुझाव दिएको भए पनि त्यसमा ढिलाइ हुँदा अहिलेको अवस्था सिर्जना भएको बताए। सामान्य अवस्थाजस्तै आवश्यक परिमाणमा ग्यास आइरहेकाले आपूर्तिमा समस्या नहुने उनको भनाइ छ।

हाल नेपालभर करिब एक करोड ५० लाख थान एलपी ग्यास सिलिन्डर प्रचलनमा छन्। तीमध्ये करिब ५० लाख सिलिन्डर विभिन्न ग्यास डिपोमा रहेका छन्। सरकारले गत फागुन २८ गतेदेखि आधा सिलिन्डर ग्यास वितरण सुरु गरेको थियो। नेपालमा हाल ५९ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स