काठमाडौं र ललितपुरका यी स्थानहरुमा आज लोडसेडिङ हुने



Advertisement
Ads

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार लोडसेडिङ (विद्युत अवरूद्ध) हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौंको जोरपाटी, बानेश्वर र ललितपुरको पुल्चोक वितरण केन्द्रअन्तर्गत विभिन्न फिडर क्षेत्रमा विद्युत आपूर्ति बन्द रहनेछ।


Advertisement

जोरपाटी वितरण केन्द्रअन्तर्गत मुलपानी-साझाबारी क्षेत्रमा बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म एचटी लाइन स्थानान्तरण कार्यका लागि फिडर सटडाउन गरिनेछ।

त्यस्तै, बानेश्वर वितरण केन्द्रअन्तर्गत कोटेश्वर-सहयोगीनगर क्षेत्रमा एसिएसआर अपग्रेडिङ कार्यका लागि बिहान ८:०० देखि साँझ ५:०० बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

ललितपुरको पुल्चोक वितरण केन्द्रअन्तर्गत कुपनडोल फिडरमा पर्ने इटी, महापाल, पाटन दरबार, बंलामुखी, शंखमुल, पाटनढोका, मंगलबजार र छबाल क्षेत्रमा मध्याह्न १२:०० देखि दिउँसो २:३० बजेसम्म सटडाउन हुनेछ। नेपाल विद्युत प्राधिकरणले यदि कार्य निर्धारित समय अगावै सम्पन्न भएमा विद्युत आपूर्ति समयभन्दा पहिल्यै सुचारु हुन सक्ने जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर