भोलिदेखि उद्योगहरुमा १२ घण्टासम्म लोडसेडिङ हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १ गते
भोलिदेखि उद्योगहरुमा १२ घण्टासम्म लोडसेडिङ हुने
Representative Image
AdvertisementAds

भोलि १५ मार्चदेखि नेपालले भारतबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्र विद्युत् आयात गर्न पाउने भएपछि उद्योगहरूमा लोडसेडिङ १२ घण्टासम्म पुग्ने भएको छ। हाल नेपालले साँझ ६ देखि १० बजेसम्मबाहेक २० घण्टा विद्युत् आयात गरिरहेको छ, जसले आपूर्तिलाई सन्तुलित गर्न सहयोग गरेको थियो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यस परिवर्तनले औद्योगिक लोडसेडिङको अवधि बढ्ने लगभग निश्चित छ। तर, घरायसी ग्राहकमा खासै प्रभाव नपर्ने बताइएको छ। नेपालले भारतको खुला बजारबाट तथा बिहार र उत्तर प्रदेश सरकारसँग छुट्टै सम्झौतामार्फत विद्युत् आयात गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स