गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले छिमेकी मित्र राष्ट्रले यसमा चित्त दुखाउन नपर्ने बताएका छन्। नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले छिमेकी राष्ट्र भारत र चीनले नेपालको लिपुलेक क्षेत्रमा द्विपक्षीय व्यापारिक नाका स्थापना गर्ने सम्झौतासँग सम्बन्धित प्रधानमन्त्री केपी शर्मा ओलीको आपत्ति सही रहेको बताए।
‘लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो। हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,’ उनले भने, ‘यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन। त्यो भूमि हाम्रो हो। यसमा हामी प्रष्ट छौँ।’
गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदा भारत र चीनसँग नेपालको भूमिलाई लिएर गरिएको सम्झौतामा आपत्ति जनाउनु उचित भएको स्पष्ट पारे। उनले नेपालको भूमि कुनै पनि राष्ट्रविरुद्ध प्रयोग हुन नदिनेतर्फ सरकार सजग रहेको पनि बताए।

















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)
प्रतिकृया