काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ७७ वटै जिल्लाका नागरिकका लागि बस्न योग्य महानगर निर्माणमा ध्यान केन्द्रित रहेको बताएका छन्। उनले महानगरलाई स्वच्छ, हराभरा र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।
तीसौँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर शाहले सफाइकर्मी, महानगर प्रहरी, विभागीय प्रमुख, कर्मचारी, र सांस्कृतिक झाँकी प्रस्तुत गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।
उनले काठमाडौंलाई सांस्कृतिक, कलात्मक र संगीतले भरिपूर्ण सहरका रूपमा परिभाषित गर्दै, सहरलाई अझ सुसंस्कृत, समृद्ध र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया