SHAREHUBSHAREHUB

अबको केही हप्ताभित्र सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ५ गते
AdvertisementAds
अबको केही हप्ताभित्र सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने
AdvertisementAds

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले केही हप्ताभित्र सुकुमवासीलाई लालपुर्जा वितरण गरिने बताएकी छन्।

सहकारी समस्या समाधानसँगै सुकुमवासी व्यवस्थापनलाई पनि सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री रावलले भनिन्, “हाम्रो लक्ष्य अबको केही हप्तामा लालपुर्जा वितरण गर्छौं सुकुमवासीको हकमा।”

सरकारले यसअघि काठमाडौं उपत्यकाका खोला किनारमा अव्यवस्थित रूपमा बसेका सुकुमवासी बस्ती र संरचनामाथि डोजर चलाएको थियो। त्यसपछि विस्थापित भएका परिवारहरूलाई विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ।

सरकारका अनुसार ती स्थानमा अहिले वास्तविक सुकुमवासीको पहिचान (स्क्रिनिङ) गर्ने काम भइरहेको छ। पहिचान प्रक्रिया पूरा भएपछि उनीहरूलाई लालपुर्जा वितरण गरिने योजना रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स