भूमिसम्बन्धी अध्यादेश माफियाको पक्षमा ल्याइएको छ : प्रचण्ड



Advertisement
Ads

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशप्रति गम्भीर आपत्ति जनाउँदै यसको प्रक्रिया मात्र नभई सरकारको नियतमै खोट रहेको दाबी गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संशोधित प्रावधानहरूले भूमिहीन, दलित, सुकुम्बासी, र अव्यवस्थित बसोबासीलाई जग्गाको लालपूर्जा पाउन सहज नभई, झनै कठिन बनाउने आशंका व्यक्त गरे।

उनले नयाँ अध्यादेशले लाखौँ भूमिहीनहरूलाई उठिबास लगाउने खतरा बढाएको बताए। उनले सरकारले भूमिको वर्गीकरण र मूल्यांकन प्रणाली सुधार गर्नुपर्नेमा उल्टै भूमाफियाको फाइदाका लागि नीति ल्याएको आरोप लगाए। गिरीबन्धु टी–स्टेटजस्ता ठूला जग्गाधनीहरूलाई फाइदा पुग्ने गरी नियम ल्याइएको भन्दै उनले किसानहरूको स्वामित्वमा रहेका साना टुक्राजग्गालाई घडेरी बनाउन नदिने तर ठूला रियल स्टेट र भूमाफियालाई फाइदा पुग्ने नीति बनाइएको बताए।


Advertisement

उनले सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने भनिए पनि सरकारको व्यवहार ठीक विपरीत देखिएको उल्लेख गरे। उनले सर्लाही जिल्लाको बागमती नगरपालिकामा हजारौँ सुकुम्बासीले तीसौँ वर्षदेखि जोतभोग गरेको जग्गा खाली गराउने निर्णय भएको र त्यहाँका नगर प्रमुख, उपप्रमुखसहित पाँच जनालाई वन मुद्दामा फसाउन खोजिएको बताए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर