प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी नभएको आरोप लगाउँदै श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभामा प्लेकार्डसहित विरोध जनाएका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा पार्टीका सांसदहरूले केही समय रोष्ट्रम घेराउ गर्दै प्रदर्शन गरेका थिए। करिब एक मिनेटसम्म प्लेकार्डसहित विरोध गरेपछि उनीहरूले अहिले आफ्नै छातीमा प्लेकार्ड टाँसेर असन्तुष्टि प्रकट गरेका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै विरोध गरेका थिए। विपक्षीको अवरोध र बहिष्कारकै बीच नीति तथा कार्यक्रम पारित भएको थियो।
बैठकका क्रममा सभामुख डीपी अर्यालले सांसदहरूलाई आगामी दिनमा प्लेकार्डसहित प्रदर्शन नगर्न निर्देशन दिएका छन्।


प्रतिकृया