SHAREHUBSHAREHUB

शक्ति बाँडफाँड नमिल्दा कुलमान बाहिरिए, रवि–बालेनबीच मात्रै सहमति

AdvertisementAds
शक्ति बाँडफाँड नमिल्दा कुलमान बाहिरिए, रवि–बालेनबीच मात्रै सहमति
AdvertisementAds

ऊर्जा मन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिनै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच राजनीतिक सहमति भएको छ।

तीन नेताबीच सम्भावित एकताका लागि छलफल भए पनि शक्ति बाँडफाँडमा सहमति नजुटेपछि घिसिङ बाहिरिएका छन्। त्यसपछि रवि र बालेनबीच मात्रै सहमति अगाडि बढाइएको हो।

रातभर चलेको छलफलपछि आइतबार बिहान रवि लामिछाने र बालेन्द्र शाहले ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सहमति अनुसार एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने पार्टी सभापतिको जिम्मेवारी रवि लामिछानेले सम्हाल्नेछन्। आगामी निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाह रहने समझदारी भएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स