नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई शून्य वा सय नम्बर दिए पनि त्यसले कुनै फरक नपार्ने बताएका छन्। उनका अनुसार आफ्नो कामको वास्तविक मूल्यांकन जनता स्वयंले गरिरहेका छन्।
लुम्बिनी प्रादेशिक कार्यालयअन्तर्गतका वितरण केन्द्रहरूको कार्यक्षेत्रमा पर्ने सडकबत्तीको महसुल भुक्तानी गर्ने पालिकालाई प्रशंसापत्र प्रदान गर्ने कार्यक्रमको दौरान उनले आफ्नो विचार व्यक्त गरे।
“आज हो कि भोलि भन्ने हल्ला तपाईंहरूले सुन्नुभएको होला। तर, भए पनि अन्तिम समयसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो,” उनले भने, “मैले ५/६ वटा स्पष्टीकरण दिएको छु, तर त्यसले कुनै अर्थ राख्दैन। मलाई जिरो दिए पनि वा सय दिए पनि फरक पर्दैन। तपाईंहरूले मेरो कामको मूल्यांकन गरिरहनुभएको छ।”
साथै, उनले कर्मचारीहरूसँग मिलेर जिम्मेवारीपूर्वक काम गरिरहेको समेत स्पष्ट पारे।



















प्रतिकृया